संक्रमित ४१ हजार ६४९, डिस्चार्ज २३ हजार २९०

खबरशाला संवाददाता  |  भदौ १७, २०७७

तुलसीपुर– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३५०, ललितपुरका २९ , भक्तपुरका ९, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका १, झापाका ११, धनकुटाका २, पाँचथरका १, भोजपुरका ३, मोरङका ५३, सुनसरीका ७२, धनुषाका ६३, पर्साका ४९, बाराका २३, महोत्तरीका ३१, रौतहटका १८, सप्तरीका १२, सर्लाहीका ५०, सिराहाका १५, काभ्रेका १, चितवनका ४३, धादिङका २, नुवाकोटका १, मकवानपुरका ३३ र रामेछापका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका २, सिन्धुलीका १, कास्कीका २४, गोर्खाका १, तनहुँका ४, नवलपरासीपूर्वमा १६, पर्वतका १, लमजुङका १९, स्याङजाका १, अर्घाखाँचीका १, दाङका ६, नवलपरासीका ३, पाल्पाका १, प्युठानका २, वर्दियाका ५, बाँकेका ४१, रुपन्देहीका २७, रोल्पाका १, कालिकोटका २१, जुम्लाका ३७, दैलेखका १, डढेलधुराका १, अछामका १, कञ्चनपुरका ३, कैलालीका १३, बझाङका ९ तथा बैतडीमा १ जना संक्रमित थपिएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले ६ महिला र ६ जना पुरुषले कोरोनाबाट ज्यान गुमाएकाे जानकारी दिए।

प्रवक्ता डा. गाैतमका अनुसार चितवनका ५५ र १८ वर्षीया महिला तथा ६५ वर्षीय पुरुष गरी तीन जना,  काठमाडाैँका ७० र ७५ वर्षीय पुरुष तथा ८९ वर्षीया महिला, ललितपुरकी ७० वर्षीया महिला, तनहुँकी २० वर्षीय महिला, कपिलवस्तुकी ६० वर्षीया महिला,  बाराका ६५ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको छ।

मन्त्रालयका अनुसार बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ।

देशभर सक्रिय संक्रमितकाे संख्या १८ हजार १ सय ८ रहेको छ। हाल ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा छन्।

यस्तै काठमाडाैँ उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडाैँमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस