तुलसीपुरमा समुदायस्तरमा कोरोना नेगेटिभ देखियाे

खबरशाला संवाददाता  |  भदौ १६, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका भित्र चिकित्सक र समुदायका केही व्यक्तिमा कोरोना संक्रमण देखिएपछि संकलन गरिएको स्वाब परिक्षण नेगेटिभ आएको छ । क्वारेन्टाईन भन्दा बाहिर रहेका व्यक्तिमा संक्रमण पोजेटिभ आएपछि वजार क्षेत्रबाट २ सय ३४ जनाको स्वाब संलकन गरिएको थियो ।


‘कन्ट्याक्ट ट्रेसिङ्गमा परेका, भिडभाडमा व्यापार गर्ने सबै खालका ब्यापारी, बैक तथा विभिन्न कार्यालयका कर्मचारी लगायत समुदायमा रहने व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो ’ तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । उनले मासु पसल, सडकमा व्यापार गर्ने साना व्यापारी, मासु व्यवसायी लगायत सबैको स्वाब संकलन गरिएको जानकारी दिए ।


केही समय अगाडी क्वारेन्टाइन भन्दा बाहिरका व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ आएसँगै समुदायस्तरमा कोरोना फैलिएको त्रास सबैमा थियो । ‘हामी केही सुरक्षित छौ भन्ने देखिएको छ ’ विपद् व्यवस्थापन समितिका संयोजक भिमप्रकाश खत्रीले भने । उनले ठूलो परिणाममा थप स्वाब संकलन गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस