मोटोरोलाले सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

खबरशाला संवाददाता  |  भदौ १६, २०७७

काठमाडाैं । मोटोरोलाले यो वर्ष दुईओटा फाइभजी स्मार्टफोट सार्वजनिक गरिसकेको छ । र, यसको सूचीमा अर्को स्मार्टफोन पनि थपिएको छ, मोटो वान फाइभजी । यद्यपि यो नयाँ फोन मोटो जी फाइभजी प्लसको रिब्रान्डेड गरिएको जस्तो देखिन्छ, जुन गत महिना नै सार्वजनिक गरिएको थियो ।

मोटो वान फाइभजीका लागि माेटाेराेलाले रियल्मी र साओमीको जस्ताे फर्मुला पछ्याएको विश्लेषण समेत गर्न थालिएकाे छ । यसको मतलब तपाईंले अघिल्लो महिनाकै डिभाइसको उही चिपसेट, रिफ्रेस रेट, क्यामेरा र ब्याट्री पाउनुहुनेछ ।

तर पनि यसमा केही नयाँ विशेषता त पक्कै छ । यो फोन फाइभजी इनेबल भएको स्मार्टफोन हो, जसमा स्न्यापड्रागन ७६५ प्रोसेसर छ भने अन्य मिड रेन्ज फाइभजी स्मार्टफोनको तुलनामा यो पावरफूल डिभाइस हुन सक्छ ।

यसमा ४ जीबी र्याम र १२८ जीबी स्टाेरेज छ । अनि एक टीबीसम्म स्टाेरेज बढाउन सकिन्छ । फाइभजी कनेक्टिभिटीको साथमा फाेनमा ६.७ इन्चको एलसीडी स्क्रीन (फूल एचडी प्लस) छ, जसले ९० हर्ज रिफ्रेस सेट प्रदान गर्छ । यसमा ओलेड डिस्प्ले त छैन नै, तर यसले सिस्टम मेन्युहरु स्क्रोल र स्वाइप गर्दा स्मुथ पर्फरमेन्स प्रदान गर्छ ।

फाेनकाे अर्को फीचर भनेको ५ हजार एमएएचको ब्याट्री हो । मोटो वान फाइभजीले फाेके भिडियाे क्याप्चर गर्नेछ । यसले रियर क्यामेरा अन्तर्गत चारवटा क्यामेरा सेटअप राखेको छ । यसमा ४८ मेगापिक्सेलको मेन सुटर छ । ८ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा छ भने ५ मेगापिक्सेलको रिङ लाइटसहितको म्याक्रो क्यामेरा छ ।

साथै २ मेगापिक्सेलको डेप्थ लेन्स रहेको छ । फाेनकाे फ्रन्टमा डुअल लेन्स क्यामेरा छ । यसअन्तर्गत १६ मेगापिक्सेलको मेन सुटर रहेको छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा रहेको छ ।

एन्ड्रोइड १० मा उपलब्ध हुने यो फोन किन्दा प्रयोगकर्ताले दुई वर्षको सेक्युरिटी अपग्रेड प्राप्त गर्न सक्छन् । मूल्य र उपलब्धताको विषयमा मोटोरोलाले केही जानकारी नगराए पनि अक्टुबरमा सार्वजनिक हुने अनुमान गरिएकाे छ ।

यसकाे मूल्य पाँच सय डलरमुनी रहने अनुमान गरिएको छ । कतिपय सञ्चारमाध्यमले यसको मूल्य ४१७ डलर वा नेपाली ४९ हजार रुपैयाँ हुने आँकलन गरेका छन् ।

अन्य कम्पनीकाे फाइजी फाेनकाे तुलनामा माेटाेराेलाकाे याे फाेन सस्ताे हुने छ । उस्तै विशेषता भएका ग्यालेन्सी नाेट अल्ट्रा, वान प्लस एट प्राे र माेटाेराेलाकै एज प्लस निकै महंगाे लाग्ने प्रयाेगकर्ताले माेटाे जी फाइभजी प्लस राेज्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस