मंगलबार ११ संक्रमितको मृत्यु, मृतक संख्या २३९ पुग्यो

खबरशाला संवाददाता  |  भदौ १६, २०७७

काठमाडौं। विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसबाट नेपालमा पनि ४० हजारभन्दा धेरै संक्रमित भइसकेका छन्। 

माघको पहिलो साता हालसम्म नेपालमा पटक देखिएको कोरोना संक्रमण पछिल्लो समय झन बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअुनसार हालसम्म कोरोना भाइरसको महामारीका कारण नेपालमा २३९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

यसरी मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका र १० जना पुरुष छन्। प्रवक्ता गौतमले दिएको जानकारी अनुसार महोत्तरीका एक ३७ वर्षीय, सिराहाका एक ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय गरी चीन जना, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षीय, काठमाडौंका ७० र ३५ वर्षीय र मकवानपुरका एक ५८ वर्षीय पुरुषको मृत्यु भएको हो।

त्यस्तै अहिले देशभर आईसीयूमा उपचार भइरहेका संक्रमितको संख्या प्रदेश १ मा चार, प्रदेश २ मा २९, बाग्मति प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ र प्रदेश पाँचमा १३ गरी जम्मा १२७ जना छ।

त्यस्तै, बाग्मतिमा १४ र प्रदेश ५ मा तीन गरी जम्मा १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्राडा जागेश्वर गौतमले जानकारी दिए

प्रतिक्रिया दिनुहोस