राप्ती प्रादेशिक अस्पतालका थप स्वास्थ्यकर्मीमा काेराेना

खबरशाला संवाददाता  |  भदौ १६, २०७७

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप स्वास्थ्यकर्मीमा काेराेना स‌ंक्रमण पाेजेटिभ देखिएकाे छ । अस्पतालका २ जना सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी प्रादेशिक अस्पताल बाँकेमा गरिएको पीसीआर परीक्षणमा एक जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

त्यसैगरी कन्ट्रयाक ट्रेसिङका आधारमा घोराहीका ४२ बर्षका पुरुष र तुलसीपुर–५ का २ जना महिलामा पनि कोरोना पोजेटिभ देखिएको तुलसीपुर काेभिड फाेकल पर्सन विमल केसीले जानकारी दिए ।

भदौ १३ गते २ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि १४ गते २ सय ५० जनाको स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस