सेवा सुरु गर्दै राप्ती प्रादेशिक अस्पताल

खबरशाला संवाददाता  |  भदौ १५, २०७७

तुलसीपुर । राप्ती प्रादेशिक अस्पतालमा बेलुकी ५ बजेदेखि इमरजेन्सी र प्रसुती सेवा सुरु गरिने भएको छ । अस्पताल विकास समितिको आज बसेको बैठकले अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा सबै स्वास्थ्यकर्मीलाई सुरीक्षत रहेर अस्पतालमा आउने नागरिकको उपचारमा खट्न निर्देशन दिएको छ ।

२ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि अस्पतालले भदौ १३ गतेदेखि सबै सेवा बन्द गरेर अस्पताललाई सिल गरेको थियो । ओपीडी सेवा भने निकट भविष्यमै संचालन गर्ने गरि तयारी गरिहेको बैठक पछि अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिए ।

बैठक अस्पताल विकास समिमितका अध्यक्ष पदमप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको थियो । अस्पताल सिल गरिएपछि भित्र भर्ना भएका बिरामीको भने उपचार भइरहेको थियो

प्रतिक्रिया दिनुहोस