दाङ्गमा आइतबारदेखि एक साता लकडाउन

खबरशाला संवाददाता  |  भदौ १२, २०७७


तुलसीपुर । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि दाङ्गमा एकसातासम्म लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समितिको बैठकले आईतबार राती १२ वजेदेखि लागु हुने गरी यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । बैठकमा जिल्लाका १० वटै पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

लकडाउनकाे समयमा अतिआवश्यक कुरा बाहेक केही पनि गर्न पाइने छैन । लकडाउन भदाै २१ गतेसम्म हुनेछ । लकडाउनकाे समयमा समुदायमा काेराेनाकाे अवस्था थाहा पाउनका लागि पिसिआर परीक्षणकाे दायरा बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस