तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय धरौटीमा रिहा

खबरशाला संवाददाता  |  भदौ ०, २०७७


तुलसीपुर । साउन १६ गते नगद रकम र बैंक जम्माको भौचर सहित पक्राउ परेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय १५ लाख धरौटी रकम सहित रिहा भएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम जमानतामा रिहा गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनलाई ३ महिनासम्म निलम्बन समेत गरिएकोे छ ।


प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई नगद रकम र केही बैक भाैचर सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा साउन १६ गते नागढुंगामा पक्राउ गरेको थियो । उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरेर हिरासतमा राखेर मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस