नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

खबरशाला संवाददाता  |  भदौ ०६, २०७७

तस्वीर प्रधानमन्त्रीकाे निजी सचिवालय

तुलसीपुर । पार्टी विवाद समाधानको प्रस्ताव तयार पार्न गठित सुझाव कार्यदलले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको हो।

२९ साउनमा ओली र दाहालले गठन गरेको कार्यदललाई १ भदौमा बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो। सचिवालयबाट अनुमोदन भएपछि कार्यदलले पाँच दिन लगाएर प्रस्ताव तयार पारेको छ। आज पनि लामो छलफल गरी प्रतिवेदन टुंग्याएपछि दुई अध्यक्ष ओली र दाहाललाई बुझाइएको छ। 

१३ साउनमा बोलाइएको स्थायी कमिटी बैठकबारे दुई अध्यक्षले छुट्टा–छुट्टै निर्णय लिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो। 

सचिव बिष्णुप्रसाद पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, शंकर पाखेरेल सदस्य छन्। पौडेल र पोखरेल ओलीका तर्फबाट, शर्मा र भुसाल दाहालका तर्फबाट तथा रावल र पाण्डे नेपालका तर्फबाट सदस्य थिए।

प्रतिक्रिया दिनुहोस