डिप्लोमा इन मेकानिकल ईन्जिनियरिङ नै किन ?

अपिल आचार्य  |  भदौ ०५, २०७७

तुलसीपुर उपमहानगरपालिका र सिटिइभिटिको साझेदारीमा संचालनमा रहेको तुलसीपुर मेट्रो कलेजमा आगामी शैक्षिक सत्रबाट डिप्लोमा इन मेकानिकल ईन्जीनियरिङ पनि संचालनमा आउने कुरा सर्वबिदितै छ । सिटिइभिटीद्वारा थप चार प्राविधीक बिषयको प्रस्तावलाई पारित गर्नु सम्पुर्ण तुलसीपुर नगरबासिका लागि गौरबको कुरा हो, साथै प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक सम्पुर्ण बिद्यार्थीका लागि सुनौलो अवसर पनि हो ।


एसईईपछि धेरैजसो विद्यार्थीहरुलाई के पढ्ने र कहाँ पढ्ने भन्ने कुराले एकदमै पिरोलिरहेको हुन्छ । भविष्यको निर्धारण सम्भवतः एसईई पछि लिएको विषयले नै गर्छ । नेपालमा मात्र नभएर विश्वमा नै प्राविधीक शिक्षाको महत्व बढ्दै गएको अवस्थामा पछिल्लो समयमा मेकानिकल ईन्जीनियरिङकाे महत्व एकदमै द्रुत गतिमा बढेको कुरा घामजस्तै छलङ्ग छ ।

के हो त डिप्लोमा इल मेकानिकल ईन्जीनियरिङ ?


कुनै पनि मेकानिकल सिस्टमको डिजाइन र उत्पादन गर्नु नै मेकानिकल ईन्जीनियरिङकाे संक्षिप्त परिभाषा हो । मेकानिकलको शाब्दिक अर्थ मेसिनरी सामान भन्ने हो । मेसिनरी सामानहरुमा जे पनि समस्या आउँछ सोहि कुराको मर्मत गर्नु पनि मेकानिकल ईन्जीनियरिङ नै हो । मेकानिकल ईन्जीनियरिङ, ईन्जीनियरिङ क्षेत्रकै सबैभन्दा पुरानो विषयमध्ये एक हो । यो ईन्जीनियरिङकाे क्षेत्र जति पुरानो छ त्यति नै विशाल पनि छ ।

अहिलेको अवस्थामा नेपालमा मेकानिकल ईन्जीनियरिङकाे रोजगारीको अवस्था सिभिल ईन्जीनियरिङ जस्तो फराकिलो नभए पनि दिन प्रति दिन रोजगारीको अवसर भने बढ्दै गएको पाईन्छ ।

अध्ययन समय अवधि कति?


डिप्लोमा इन मेकानिकल ईन्जीनियरिङकाे अध्ययन समय अवधि तीन वर्षको हुन्छ । अध्यापन सेमेस्टर प्रणालीमा हुनेछ र छ वटा सेमेस्टर पास गरेपछी मात्र कोर्स पुरा हुने छ । ब्याक पेपरको पनि सुविधा भएका कारण भर्ना भएका मितिले छ वर्ष भित्र सम्पुर्ण विषयहरु पास गरिसकेको हुनुपर्नेछ ।


स्वदेश तथा विदेशमा रोजगारीको अवसर कस्तो छ ?


मलाइ अक्सर विद्यार्थीले सोधिरहने एउटै प्रश्न छ सर, ‘यो ईन्जीनियरिङ पढेर जागिर त पाइन्छ नि? अनि पैसा कति कमाइन्छ?’ मैले सबै विद्यार्थीहरुलाई अहिलेसम्म दिदै आएको एउटै उत्तर छ। भाइ, बहिनी तिमी राम्रो अङ्क ल्याएर पास गर्यौ र प्रयोगात्मक हिसाबले अब्बल भयौ भने तिमी जागिर खोज्दै हिड्नु पर्दैन जागिर तिमीलाई आफै खोज्दै आँउछ र पैसा पनि भने जस्तै कमाउँछौ ।


अहिलेको अवस्थामा नेपालमा मेकानिकल ईन्जीनियरिङकाे रोजगारीको अवस्था सिभिल ईन्जीनियरिङ जस्तो फराकिलो नभए पनि दिन प्रति दिन रोजगारीको अवसर भने बढ्दै गएको पाईन्छ । नेपालमा वर्षेनी अरु जुनसुकै ईन्जीनियरहरु पनि जनशक्ति उत्पादन र रोजगारीको अनुपात दाज्ने हो भने मेकानिकल ईन्जीनियरिङकाे अनुपात पक्कै पनि धेरै छ । त्यसैले मेकानिकल ईन्जीनियरिङ नेपालमा पढाई थोरै र अवसर धेरै भएको विषय हो भन्ने कुरामा दुईमत छैन ।

विकसित राष्ट्रहरुमा उद्योग धन्दाहरु प्रयाप्त मात्रामा रहेकाले र मानिसको भौतिक शरीर भन्दा रोवटलाई कामको लागि धेरै प्रयोग गरिने भएकाले मेकानिकल ईन्जीनियरिङ रोजगारी बढेको हो ।


नेपालमा विस्तारै औध्योगिक क्षेत्रमा विकास हुँदै गइरहेको अवस्थामा भोलीका दिनमा मेकानिकल इन्जीनियरको अझ धेरै माग हुने कुरा प्रष्ट देखिन्छ । त्यसैले अहिलेको अवस्थामा धेरै विद्यार्थीको रोजाई मेकानिकल ईन्जीनियरिङ हुनु नै भोलीको दिनको अवसर बुझेर हो । नेपालमा यो ईन्जीनियरिङका रोजगारीका क्षेत्रहरु तल बुँदागत रुपमा उल्लेख गरिएको छ ।

– अटोमोबाइल इन्डष्ट्रिज
– उड्ड्यान इन्डष्ट्रिज र नेपाल इयरलाईन्स
– हाइड्रो पावर केन्द्र
– अटो क्याड डिजाईनिङ्
– नेपाली आर्मी
– नेपाली रेलवे
– कन्स्ट्रक्सन कम्पनीहरु
– ईन्जीनियरिङ् कलेजहरु
– नेपाली सरकारी कार्यालयहरु


मेकानिकल ईन्जीनियरिङकाे स्कोप नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै रहेको छ । विकसित राष्ट्रहरु अमेरिका, जापान, जर्मनी जस्ता राष्ट्रहरुमा झनै मेकानिकल ईन्जीनियरिङकाे महत्व र अवसर धेरै नै छ । विकसित राष्ट्रहरुमा उद्योग धन्दाहरु प्रयाप्त मात्रामा रहेकाले र मानिसको भौतिक शरीर भन्दा रोवटलाई कामको लागि धेरै प्रयोग गरिने भएकाले मेकानिकल ईन्जीनियरिङ रोजगारी बढेको हो ।


पढ्नका लागि योग्यता के?


डिप्लोमा इन मेकानिकल ईन्जीनियरिङ पढ्नका लागि एसईई पास अथवा टि एस.एल.सीपास गरेको हुनुपर्दछ । सिटिइभिटिले लिएको परीक्षाको नतिजाको मेरिट लिस्टका आधारमा ४८ जनाले भर्ना हुन पाउने छन् । भर्ना हुन चाहाने इच्छुक विद्यार्थीको गणित र विज्ञानमा कम्तिमा पनि सि ग्रेड र अंग्रेजीमा डि प्लस ग्रेड आएको हुनुपर्दछ ।

लेखक मेकानिकल इन्जिनियर हुन्

प्रतिक्रिया दिनुहोस