प्युठानका संक्रमितको मृत्यु

खबरशाला संवाददाता  |  भदौ ०५, २०७७

तुलसीपुर – बुटवलमा उपचार गराइरहेका प्युठानका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

भदौ १ गते लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना भएर उपचार गराइरहेका प्युठान स्वर्गद्वारी नगरपालिका ७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार ती पुरुष उच्च रक्तचाप र मधुमेहका रोगी थिए। शुक्रबार बिहान एक्कासी रक्तचाप अस्वभाविक रुपमा बढेपछि उनको थप उपचार गर्ने क्रममा मृत्यु भएको डा गौतमले बताए।

भारतबाट रोजगारी गरेर फर्किएका उनी शुरुमा नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए।

संक्रमण पुष्टि भएपछि उनमा खोकी लाग्ने ज्वरो आउने र स्वासप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस