तुलसीपुर उपमहानगरको अनुरोध, हुलमा होइन घरमा तीज मनाउनुहोस्

खबरशाला संवाददाता  |  भदौ ०५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक अपील जारी गरेर घरमै परिवारका साथमा तीज पर्व मनाउँन सम्पूर्ण नगरबासी दिदी बहिनीहरुलाई अनुरोध गरेको छ । नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले जारी गरेको संयुक्त अपीलमा कोरोना संक्रमणको महामारीलाई मध्यनजर गरेर घरमै परिवारसँग मनाउन उल्लेख गरिएको छ ।


“कोरोना महामारीको संक्रमण फैलनबाट रोक्नका लागि सामुहिकरुपमा जमघट हुने, नाँचगान गर्ने लगायतका कार्य नगरिदिनुहुन अनुरोध छ ” अपीलमा भनिएको छ । कोरोना संक्रमणका दृष्टिले तुलसीपुरमा चिन्ताजनक अवस्था नभएको उल्लेख गर्दै यसलाई फैलिन नदिनु सबैको दायित्व भएको समेत जानकारी गराईएको छ ।


मठमन्दिरमा गएर भिडभाड गर्ने, टोल छिमेकमा सामुहिक नाँचगान गर्ने नगर्नु र नगराउँनुहुन समेत सबैका अनुरोध गरिएको छ ।


सामाजिक सद्भाव कायम गर्नका लागि मनाईने तीज पर्वले सम्पूर्ण नगरबासी दिदीबहिनीहरुमा उत्साहको सञ्चार गरोस् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस