तीजलाई सजग भएर मनाउँ: उपप्रमुख शर्मा

खबरशाला संवाददाता  |  भदौ ०५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले नारीहरुको पर्व तीजको अवसरमा सम्पूर्ण नगरबासीहरुलाई शुभकामना दिएकी छिन् । शुभकामना सन्देशमा उपप्रमुख शर्माले तीज पर्व नेपालीका पहिचान र गौरबको साँस्कृतिक पर्व भएको उल्लेख गर्दै पहिचान नमर्ने गरी चाडपर्वहरुलाई विस्तारै आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानुपर्ने उल्लेख गरेकी छिन् ।


‘यो वर्ष हामी फरक परिस्थितिमा रहेका छौं, कोरोना महामारीबाट जोगिन हामी सुरक्षित हुनुपर्दछ म सबैलाई यो विषम परिस्थितिमा घरमै मनाउँन अनुरोध गर्दछु ’ शुभकामना सन्देशमा उल्लेख छ ।


तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व भएको समेत उल्लेख गरिएको छ । शुभकामना सन्देशमा लेखिएको छ ‘महिलाहरु पनि विस्तारै राजनीतिक मुलधारमा आउँदै छन् यसलाई हामीले अवसरका रुपमा पनि लिन सकिन्छ’ । उपप्रमुख आचार्यले महिलाहरुको अवस्था पछिल्लो समय सुधारिदै जान थालेपनि तर्फ पनि संकेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस