राष्ट्रकवि माधव घिमिरेको निधन

खबरशाला संवाददाता  |  भदौ ०२, २०७७

काठमाडाैं। राष्ट्रपति माधव प्रसाद घिमिरको मृत्यु भएको छ। राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।

आज साँझ ५ बजेर ५५ मिनेटमा घिमिरेको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। वि. सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरे छन्दकविताका अग्रणी कवि हुन्। उनका गौरी शोककाव्य, राष्ट्रनिर्माता खण्डकाव्य मालती-मङ्गले गीतिनाटक लगायतका कृतिहरू चर्चित छन्।

पहिल्लो केही महिनादेखि स्वास्थ्यसँग जुधिरहेका घिमिरे घरमै आराम गर्दै उपचार गराउँदैं आएका थिए। घिमिरेले गाउँछ गीत नेपाली, फूलको थुंगा बगेर गयो, आजै र राति के देखें जस्ता लोकप्रिय गीतको रचना गरेका थिए।

घिमिरेलाई २०५४ मा हिमालपारी हिमालवारी र २०५८ सालमा चारू चर्चा कृतिका लागि साझा पुुरस्कार र २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस