विद्यालय तोडफोडप्रति हिसान दाङकाे आपत्ति

खबरशाला संवाददाता  |  भदौ ०१, २०७७


तुलसीपुर । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको सिद्धार्थ एकाडेमीमा अज्ञात समुहले गरेको तोडफोड र आगजनीको घटनाप्रति उच्च शिक्षालय तथा माध्यमिक संघ (हिसान) दाङ्गले आपत्ति प्रकट गरेको छ । हिसान दाङ्गका अध्यक्ष सुरेन्द्र जिसी र सचिव विष्णुप्रसाद देवकोटाले जारी गरेको विज्ञप्तीमा घटनामा संलग्न व्यक्तिको छिटोभन्दा छिटो पहिचान गरेर कारबाहीका लागि माग समेत गरिएको छ ।


साउन ३२ गतेका दिन विद्यालय हाताभित्र अज्ञात समुह प्रवेश गरेर कम्प्युटर तोडफोड गर्नुका साथै विल लगायत अत्यावश्यक कागजातमा आगजनी र सुरक्षाकर्मीलाई कुटपिट समेत गरेका थिए ।
“शान्ति क्षेत्र घोषणा गरिएको विद्यालयमा यसप्रकारको घटना हुनु दुखलाग्दो कुरा हो , हामी यसको घोर निन्दा गर्दछौ ” विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस