नाै बजे नेकपा सचिवालय बैठक बस्दै

खबरशाला संवाददाता  |  भदौ ०१, २०७७

तुलसीपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ। अहिले साढे ९ बजे बैठक बस्न लागेको हो। कार्यदल गठनसँगै मन्त्री हेरफेरको चर्चा चलेपछि नेकपाले सचिवालय बैठक बोलाएको थियो। अहिले बिहान साढे ९ बजे सचिवालय बैठक बस्ने नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ। यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो।

आन्तरिक विवाद मिलाउन ओली–दाहालले कार्यदल बनाएपछि कार्यदलमार्फत मन्त्री हेरफेर गर्ने तयारी गरिएको बताइएको छ। कार्यदल गठनमा ओली–दाहालले एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ असन्तुष्ट छन्। शनिबार खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेटेरै उनीहरुले दुई अध्यक्षको निर्णयबाट मात्रै कार्यदल गठन गरिएकोमा बैधानिकता नपाउने टिप्पणी गरेका थिए। 

नेकपा स्रोतका अनुसार अहिले संघीय सरकारदेखि प्रदेश सरकासम्मका मन्त्री हेरफेर गर्ने तयारी गरिएको छ। संघीय मन्त्रिपरिषद्मा कार्यक्षमतामा पछाडि परेका मन्त्रीहरुलाई बिदा गरेर यसअघि सफल नेताहरुलाई मन्त्रिपरिषद्मा अवसर दिने गरी छलफल अघि बढेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस