कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

खबरशाला संवाददाता  |  श्रावण ३०, २०७७

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या  २५ हजार ५ सय ५१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै  हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७७ रहेकाे पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ।  देशभर १४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस