ग्वार खोलाले बगाउँदा महिलाको मृत्यु

खबरशाला संवाददाता  |  श्रावण २, २०७७

तुलसीपुर । ग्वार खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जिबाङ निबासी ४२ बर्षकी तीलसरा सार्की रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

रोल्पाको रुण्टीगढी गाउँपालिका–८ बाट सल्यान घर जान भनेर हिडेकी सार्की बिहिवार बिहान तुलसीपुर–१८ स्थित ढोरेणीमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस