मल्टिपल मिडियाको अध्यक्षमा शर्मा र प्रबन्ध सम्पादकमा बस्याल

खबरशाला संवाददाता  |  श्रावण २, २०७७

तुलसीपुर । राप्ती समाचार राष्ट्रिय दैनिकको प्रकाशन संस्था मल्टिपल मिडिया प्रालिको अध्यक्षमा समाजसेवी बलदेव शर्मालाई चयन गरिएको छ । प्रालिको साधारणसभाले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । विभिन्न सामाजिक संघसस्थामा निरन्तर लाग्दै आएका शर्माले पदभार ग्रहण गर्दै पत्रिकालाई नयाँ उचाईमा लैजाने वताए ।

‘सञ्चारमाध्यमको सामाजिक दायित्वलाई मनन गरेर पत्रिका प्रकाशन हुनेछ’ अध्यक्ष शर्माले भने । उनलाई पूर्व अध्यक्ष मिनराज वलीले स्वागत गरेका थिए ।


यसैगरी पत्रिकाको प्रबन्ध सम्पादकमा पत्रकार संगीत वस्याललाई चयन गरिएको हो । उनी यसभन्दा अगाडि अध्यक्षका रुपमा पत्रिकामा आवद्ध रहेका थिए ।

यसैविच पत्रिका सञ्चालनका लागि एक समिति समेत वनाइएको छ । पत्रिका सञ्चालक समितिमा रुपवहादुर खत्री, मिनराज वली, यज्ञवहादुर केसी, देवराज विक लगायतका रहेका छन् । कोरोना संक्रमणका कारण लामो समयदेखि वन्द रहेको पत्रिका सञ्चालनमा समेत आएको छ ।

प्रतिक्रिया दिनुहोस