प्यूठानमा नेपाली सेनाका १४ जनामा काेराेना संक्रमण

खबरशाला संवाददाता  |  श्रावण २६, २०७७

तुलसीपुर । प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो ।


त्यसैगरि जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा रहेका एक जना थुनुवालाई समेत सङ्क्रमण भएको छ । त्यसबाहेक स्वर्गद्धारी नगरपालिकामा ६ जना, मल्लरानी गाउँपालिकाका एक जना व्यक्तिमा कोरोना देखिएको छ । एक जनाको ठेगाना खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस