तुलसीपुरमा समुदायस्तरमा कोरोना नेगेटिभ

खबरशाला संवाददाता  |  श्रावण २४, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा समुदायमा कोरोना संक्रमण नेगेटिभ आएको छ । विभिन्न क्षेत्र र समुदायका मानिसहरुको स्वाब संकलन गरिएकोमा सबैको नेगेटिभ आएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । उनले ३ सय ५ जनाको कोरोना चेक भएकोमा क्वारेन्टाइनमा रहेका ३ जनाको पोजेटिभ आएको जानकारी दिए ।

कोरोना पोजेटिभ आउनेहरुमा मावि सेन्टरमा रहेका १ जना, राप्ती लाइफ केयरमा रहेका १ जना र १ जना होम क्वारेन्टाइनमा बसेका रहेका छन् । उनीहरु सबैलाई बेलझुण्डी कोरोना विशेष अस्पतालमा लगिने पनि फोकल पर्सन केसीले जानकारी दिए ।


तुलसीपुरमा समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था वुझ्नका लागि यातायात,पसल,पत्रकार,स्वास्थ्यकर्मी लगायतको कोरोना चेकजाँच गरिएको थियो । उनले अन्य क्षेत्रमा रहेका समुहमा पनि कोरोना चेकजाँच गरिने समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस