विष सेवन बढेपछि तुलसीपुरको अनुरोध , उद्देश्य नखोलेर औषधि नबेचौ

खबरशाला संवाददाता  |  श्रावण २३, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा विष सेवन गरेर आत्महत्या गर्नेहरुको संख्या वढेर गएपछि यस क्षेत्रका एग्रोभेटहरुलाई उद्देश्य खोलेर मात्रै औषधि वेच्न निर्देशन गरेको छ । एग्रोभेट सेन्टरबाट विषयुक्त औषधि जथाभावी विक्री हुने गरेको गुनासो आएपछि तत्काल रोक्नका लागि यस क्षेत्रका विभिन्न एग्रोभेट सेन्टरहरुलाई अनुरोध गरिएको हो । विषादीयुक्त औषधि सहजै बजारमा पाइने भएकाले पनि आत्महत्या गर्नेहरुको संख्या वढेको छ ।

नगरप्रमुख घनश्याम पाण्डेले विषादीयुक्त औषधि विक्री वितरणको तथ्यांक समेत सप्ताहव्यापी रुपमा नगरपालिकामा पेश गर्नका लागि समेत निर्देशन दिएका छन् । वजार क्षेत्रका सबै पसलका बारेमा जानकारी लिनका लागि नगरप्रमुख पाण्डेले कृषि विकास शाखालाई निर्देशन दिएका छन् । “औषधिको प्रयोजन र विक्रीका बारेमा सबै पसलहरुले अनिवार्य जानकारी दिनुपर्नेछ ” नगरप्रमुख पाण्डेले भने ।

यस क्षेत्रमा पछिल्लोपटक औषधि सेवन गरेर आत्महत्या गर्नेका संख्या उल्लेख्यरुपमा बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस