२२ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु

खबरशाला संवाददाता  |  श्रावण २३, २०७७

तुलसीपुर – कोरोना भाइरसको संक्रमणबाट सिरहामा एकजना युवकको मृत्यु भएको छ ।

बिहीबार राति उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।

मृतक मिर्गौलाका बिरामी थिए । उनी ३ वर्ष देखि डायलासिस गराउँदै आएकोमा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना सक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

प्रतिक्रिया दिनुहोस