युवा व्यवसायी श्रेष्ठको अल्पायुमै मृत्यु

खबरशाला संवाददाता  |  श्रावण २२, २०७७


तुलसीपुर । तुलसीपुरका युवा व्यवसायी हरिकुमार श्रेष्ठको ४१ वर्षको अल्पायुमै निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ भिआइपि टोलमा वस्दै आएका श्रेष्ठको सुतिरहेको अवस्थामा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । लामो समयदेखि मुटु रोगले पिडित श्रेष्ठको ह्रदयघातबाट मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।


राती सकुशल सुतेका श्रेष्ठ विहान ब्युँझदा मृत अवस्थामा फेला परेको पारिवारीक स्रोतले वतायो । व्यवसायका अलावा समाजसेवामा समेत श्रेष्ठको उत्तिकै सक्रियता थियो । कोरोना संक्रमणको प्रकोपका कारण घर फर्किने अलपत्र यात्रुहरुलाई निशुल्क खाना खुवाउने अभियानमा उनले महत्वपूर्ण भुमिका खेलेका थिए ।प्रजातान्त्रिक उद्योग वाणिज्य संघ तुलसीपुरका सदस्य समेत हुन् । उनको आजै दाहसँस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस