कोरोना संक्रमणबाट १८ वर्षे युवतीको ज्यान गयाे

खबरशाला संवाददाता  |  श्रावण २१, २०७७

काठमाडौं– कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । पखाला लागेर सिकिस्त बिरामी भएकी पर्साकी १८ वर्षे युवतीको मृत्यु भयो । मृत्युपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । 

पखाला लागेर सिकिस्त बिरामी परेकी ती युवतीको उपचारका लागि वीरगन्जस्थित नेसन मेडिकल शिक्षण अस्पताल लैजाने क्रममा सोमबार मृत्य भएको हो । मृत्युपछि स्वाब संकलन गरि जाँच गरिएको थियो । परिक्षण रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । 

यो सँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस