संगठन निर्माणमा ध्यानदिनुहोस : केन्द्रीय सदस्य गिरी

विमल गाैतम  |  श्रावण १, २०७७

विमल गाैतम

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले संगठन निर्माणमा ध्यान दिन काग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस तुलसीपुर उपमहनगरपालिका–७ ले सोमवार गणेशपुर पार्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता गिरीले यस्तो बताएका हुन ।

‘अहिले कांग्रेस सवै तहमा प्रतिपक्षको भुमिकामा छ, त्यसैले यो वेला सवै नेता तथा कार्यकर्ताहरु संगठन निर्माणमा लाग्न आवश्यक छ’–नेता गिरीले भने–‘अहिले संगठन निर्माणमा ध्यान दिन सके पाटी मजबुत र संगठित बन्छ ।’

गिरीले महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक भैसकेकाले समाजका सक्रिय तथा पार्टीप्रति बफादार व्यक्तिहरूलाई संगठनमा ल्याउन सुझाव दिए । काम गर्न सक्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका, सक्रिय युवायुवतीलाई अवमुल्यन नगर्न उनले सुझाव दिएका हुन । आफुले कसैलाई काखा र पाखा नगर्ने प्रतिवद्ता व्यक्त गरे ।

कार्यकर्ता भेटघाट कार्यक्रममा क्षेत्र नम्वर ३ का सभापति जगत खडका, महासमिति सदस्य जोगेन्द्र विश्वकर्मा , महिला नेत्रृ देविका नेपाली , पूर्व क्षेत्रीय सभापति तथा वडा नम्वर ७ का अध्यक्ष टोप वहादुर केसी , विमल गौतम, रामबहादुर जिसी, जगत थापा, सुर्य शर्मा ,नोखि रावतलगायतकाले गुटको राजनीति अन्त्य गर्न नेताहरुलाई आग्रह गरेका थिए ।

नेपाली काग्रेस वडा नम्वर ७ का कार्यवाहक इकाइ सभापति हरि थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा साविक वडा नम्वर ३ का सभापति प्रेम वहादुर केसीको स्वागत मन्तव्यवाट सुरुभएको थियो 

प्रतिक्रिया दिनुहोस