घाेराहीमा नक्कली सईकाे लुटतन्त्र परे प्रहरीकाे फन्दामा

खबरशाला संवाददाता  |  श्रावण १, २०७७

तुलसीपुर । प्रहरीले दाङको घोराहीवाट दुई जना ‘नक्कली प्रहरी’लाई पक्राउ गरेको छ। परेका छन्। प्रहरीको नक्कली परिचय पत्र देखाएर होटेलहरुमा निःशुल्क खाना खाने, होटेल सञ्चालकहरूसँग पैसा माग्ने तथा धम्क्याउने दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ९ दक्षिण कर्मटुवा निवासी ३० बर्षीय सरोज नेपाली र सल्यान जिल्लाको दार्मा गाउँपालिका ४ भलचौर निवासी ३० बर्षीय गोपाल मल्ल छन्।  

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार नेपालीले आफुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत सई योगेन्द्र हमाल भएको भन्दै नक्कली परिचय पत्र देखाएर होटेलहरुमा निशुल्क खाने र पैंसा मागेर थर्काउने जस्ता कार्य गर्दै आएका थिए। 

नेपालीले घोराही १५ ट्राफिक चोकस्थित लुम्बिनी होटेल र मालिका भ्याली भ्यू होटेलमा गई होटेल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा ‘मासिक रुपमा रकम दिनुपर्छ’ भनेर धम्क्याउने गरेको उजुरीका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिएका छन्।

त्यस्तै हमालले आफु असई भएको भन्दै घोराही १५ ट्राफिक चोकको पाहुना गेष्ट हाउनमा पैंसा नदिएरै फ्रिमा खाना खाने गरेको तथा होटेल सञ्चालकलाई धम्क्याउने समेत गरेका थिए। उनीहरू दुबै जनालाई शनिवार घोराहीवाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस