मध्यरातमा पहिराेले खाेर भत्किदा ४० बाख्रा मरे

खबरशाला संवाददाता  |  श्रावण १, २०७७

तुलसीपुर । मध्यरातमा आएकाे पहिराेलाे गाेठ भत्कदा यहाँका एक किसानले पालेका ४० वटा बाख्राहरु मरेका छन् । पहिराेले खाेर मात्रै भत्केका कारण मानवीय क्षति भने हुन सकेन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ कोईलाखानी टोलस्थित सिस्नेकुटीमा अचानक बाख्रा खोर भत्किदा तीन दर्जन बढि बाख्रा मरेका छन । स्थानीय बलबहादुर खड्काको बाख्रा खोर सोमवार विहान ४ बजेतिर भत्किएको वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण रानाले जानकारी गराए। खाेरमा रहेका केही बाख्राहरु बाँचेपनि धेरैजसाे मरेकाे पनि उनले जानकारी दिए

घटना पछि प्रहरी अहिले खाेर भत्केकाे ठाउँमा गएर मुचुल्का उठाउन लागेकाे छ ।

प्रतिक्रिया दिनुहोस