कक्षा ११ मा कुन विषय पढ्न कति खर्च ?

खबरशाला संवाददाता  |  श्रावण १८, २०७७

तुलसीपुर – यो वर्ष देखि संकाय छैन जसमा विज्ञान संकाय,व्यावस्थापन संकाय,मानविकी संकाय भन्न मिल्दैन । अब विद्यार्थीले उच्च शिक्षामा के पढ्ने हो त्यसका आधारमा विषय छनोट गर्नु पर्छ । तिनवटा विषय नेपाली,अंग्रजी र सामाजिक यी अनिवार्य विषय हुन । वाकी चारवटा समुहमा विभाजन गरीएको छ जसमा ७९ वटा विषय छन् । ति चारवटा समुहबाट तिनवटा विषय विद्यार्थीले अनिवार्य छान्नु पर्ने हुन्छ । अर्को एउटा विषय छनोट भने ऐच्छिक हो ।

अहिले संकाय नभए पनि विद्यार्थीले पढ्ने विषयमा धेरै फरक देखिदैन विषय उनै हुन् । भविष्यमा कता जाने के बन्ने त्यसका आधारमा विषय छान्ने हो । ति छनोट गरीएका विषयका आधारमा शुल्क निर्धारण हुन्छ । कुन विषय रोजेर पढ्दा कति शुल्क लाग्छ त ? नेपालभर सञ्चालनमा रहेका माध्यमिक तह (कक्षा ११ र १२) मा पढाउने पाठ्यक्रम एउटै भएपनि कलेजले दिने सेवा र सुविधाका आधारमा फरकफरक शुल्क निर्धारण गरिएको हुन्छ ।

महँगो शुल्क लिने कलेजमा राम्रो र गुणस्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने हाम्रो मानसिकता रहेको छ । तर, सबै कलेजमा पढाउने विषयवस्तु भने एउटै हो । शुल्क बढी तिर्ने कलेजमा बेग्लै खालको पाठ्यक्रम र शुल्क कम तिर्ने कलेजमा बेग्लै खालको पाठ्यक्रम पढाई हुँदैन । यो कुरा हामीले बुझ्न आवश्यक छ । कलेजले विद्यार्थीलाई दिने सेवा र सुविधाका कारण कलेज अनुसार शुल्क फरक पर्न गएको हो ।


कलेजहरुले प्रत्येक विषय अनुसार छुट्टाछुट्टै शुल्क तोकेको हुन्छ । यसैगरी, कलेजमा शिक्षण तरिका, प्रविधिको प्रयोग, अनुभवी शिक्षक र कलेजले गर्ने अतिरिक्त क्रियाकलापका कारणले पनि शुल्कमा विविधता हुने गर्दछ ।


विज्ञान अन्तर्गतका विषयहरु


राम्रो ग्रेड ल्याएका विद्यार्थीहरूको पहिलो रोजाईमा विज्ञान अन्र्तगतका विषयहरु पर्ने गरेको पाईन्छ । विश्वविद्यालय तहमा धेरै विषय छनोट गरी अध्ययन गर्न पाउँने व्यवस्था हुँदा पनि विज्ञान अनर्तगतका विषयहरु पढ्न विद्यार्थीहरूको ताँती नै लाग्ने गर्दछ । सामान्यतया माध्यमिक तह (कक्षा ११ र १२) मा विज्ञान अन्र्तगतका विषयहरु एउटा कक्षा पढ्नका लागि ५० हजार देखि १ लाख ७५ हजार वा सो भन्दा बढी लाग्ने गर्दछ । कुनै कलेजले वार्षिक शुल्कमा पुस्तकालय, प्रयोगशाला र अतिरिक्त क्रियाकलापको शुल्क पनि जोड्छन् भने कुनैले जोड्दैनन् ।


व्यवस्थापन अन्तर्गतका विषयहरु


विज्ञान विषयपछि विद्यार्थीहरूको दोस्रो रोजाईमा व्यवस्थापन अन्र्तगतका विषयहरु पर्छन । व्यवस्थापन विषय पढेका विद्यार्थीहरूले पढाई सकिएपछि आफ्नै व्यापार, व्यवसाय सञ्चालन गर्न सक्ने,बैङक,फाइनान्समा रोजगारी गर्ने भएकाले पनि धेरै विद्यार्थीहरूको रोजाईमा यो विषय पर्ने गरेको हो । विश्वभरि प्रचलित विषय हुनुका साथै राम्रो स्कोप भएकाले पनि अन्र्तगतका विषयहरु पढ्न चाहने विद्यार्थीहरूको ठूलो जमात हुने गरेको छ । माध्यमिक तह (कक्षा ११ र १२) मा व्यवस्थापन अन्र्तगतका विषयहरुमा एउटा कक्षा पढ्नका लागि कलेजहरुले सामान्यतया ३० हजार देखि १ लाख २० हजार शुल्क निर्धारण गरेका छन् । बिजनेश स्टडिज बाहेक अन्य विषयमा पढेमा प्रयोगात्मक शुल्क समेत लाग्छ ।


मानविकी विषयहरु


मानविकी विषयहरुको शुल्क विज्ञान र व्यवस्थापन विषयहरुको भन्दा कम हुन्छ । मानविकी विषयमा प्रयोगात्मक भन्दा पनि सैद्धान्तिक कुराहरूमा बढी जोड दिने भएकाले अन्य विषयहरुको तुलनामा सस्तो हुन्छ । माध्यमिक तह कक्षा (११ र १२) मा मानविकी विषयहरुमा एउटा कक्षा पढ्नका लागि २० हजार देखि ७५ हजारसम्ममा पढाई हुँदै आईरहेको छ । यसबाहेक प्रयोगात्मक र परीक्षाको भिन्न शुल्क लाग्छ ।

शिक्षा विषयहरु
पछिल्लो समयमा शिक्षा विषयहरु पढ्ने भनेर भर्ना हुने विद्यार्थीको संख्या घटेको छ भने कतिपय कलेजले विद्यार्थी नभएका कारण कोर्ष नै बन्द गरेको अवस्था छ । सहरका कलेजहरुमा यो विषय पढाई हुन छोडि सकेको छ भने ग्रामीण क्षेत्रमा भने अहिले पनि पढाई भईरहेको छ । एसईईको परीक्षामा कम ग्रेड ल्याएका विद्यार्थीहरूले शिक्षा विषयहरु अध्ययन गर्न पाउँछन् । शिक्षा विषयहरुमा एउटा कक्षा अध्ययन गर्नका लागि १५ हजारदेखि ३५ हजारसम्म शुल्क लाग्ने गर्दछ ।


ए–लेभल


प्लस टु मा अन्तर्राष्ट्रिय डिग्री लिन चाहने विद्यार्थीहरूले ए–लेभलको कोर्ष गर्छन् । यो कोर्ष अध्ययन गर्नका लागि ४ लाख देखि ७ लाख सम्म शुल्क लाग्ने गर्दछ । नेपालमा केहि कलेजहरुमा ए–लेभलको कोर्ष पढाई हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस