तुलसीपुरका युवाको अगुवाईमा आधुनिक गौशाला

खबरशाला संवाददाता  |  श्रावण १५, २०७७


फुलवारी । तुलसीपुर उपमहानगरपालिका—१३ अम्वापुरमा आधुनिक गौशाला बन्ने भएको छ । पहिलो चरणमा ६ सय गाई अटाउने क्षमता सहित गौशाला निर्माण हुन थालेको अध्यक्ष विरवहादुर भण्डारीले जानकारी दिए । गौशालाको विहिवार विधिवत रुपमा शिलान्यास गर्दै उनले निर्माण प्रक्रिया छिटोभन्दा छिटो सकिने समेत वताए । “बजारमा अव्यवस्थित रुपमा रहेका गाईहरु यहाँ रहनेछन्” उनले भने ।
तुलसीपुर उपमहानगरपालिकाको प्रमुख शेयर रहेको तुलसीपुर गौशाला तथा सरसफाई व्यवस्थापन तथा बहुउद्देश्यीय सहकारी संस्थाको सक्रियतामा गौशाला निर्माणको काम अगाडि वडाइएको हो । तुलसीपुर उपमहानगरपालिकाकी कार्यवाहक मेयर माया आचार्यले गौशालाको शिलन्यास गरेकी हुन् ।
बजारमा छाडा चौपायाको समस्या, डम्पिङ साइटका लागि खरीद गरीएको जग्गा सोहि प्रयोजनमा लगाउनका लागि स्थानीयहरुको विवादसंगै खालि जग्गाको सदुपयोगका लागि पनि नगरपालिका यो स्थानमा गौशाला निर्माणको अभियानमा हातेमालो गरेको आचार्यको भनाई थियो । ‘यो बस्ती नजिकको स्थानमा अवैज्ञानिक रुपमा डम्पिङसाइट बनाएर हामीले यहाँका स्थानीयबासीलाई चिढ्याउन चाहेका छैनौं, त्यसैले यहाँ गौशाला निर्माण गरी यसलाइ आयआर्जनमा समेत लगिने छ’—शिलान्यास कार्यक्रममा प्रमुख अतिथि मायां आचार्यले भनिन् ।


‘गोबरलाइ प्रांगरीक मल बनाएर विक्री वितरण गर्न सकिने छ, गौमुत्रलाइ समेत प्रशोधन गरी आयुर्वेदिक औषधि र अन्य धार्मिक संस्कारमा प्रयोगगर्न सकिने वातावरण मिलाइने छ’—कार्यवाहक मेयर आचार्यले भनिन् ।
वडाध्यक्ष डम्वर न्यौपानेले वडाकै गौरबका रुपमा गौशाला निर्माण हुन लागेकोमा खुसी व्यक्त गरे ।
कम्तिमा ३ विगाहा जग्गा तुलसीपुर उपमहानगरपालिकाले लिजमा उपलव्ध गराउने सहमतीसंगै युवा समाजसेवीहरुको सक्रियतामा सहकारी गठनगरी शेयर सदस्य समेत बनाएर थप ३ विगाहा जग्गा सोहि कित्तामै जोडिनेगरी खरीद गरेपछि करीव ६ सय गाइगोरु अटाउने गौशाला निर्माणको काम सुरु हुन थालेको हो । ७ मिटर चौडाइ र ४० मिटर लम्वाइमा निर्माण हुने गौशालाको लागत मुल्य करीव ४१ लाख रुपैया अनुमान गरीएको छ ।
शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य तथा विषयप्रवेश गराउंदै सहकारीका उपाध्यक्ष हरीहर पौडेलले सहकारीले जग्गा खरीद प्रक्रियामै करीव ८९ लाख रुपैया खर्च गरीसकेको भन्दै यो स्थानलाई गौशाला पर्यटनका रुपमा अघि बढाइने बताए । ‘अव यो स्थानमा फोहर विशर्जन गर्ने काम हुने छैन, गाइसंरक्षणको थलो एउटा फरक पर्यटन बन्नेछ’, पौडेलले भने ।
गौशाला शिलान्यास कार्यक्रमको सहजीकरण सहकारीका व्यवस्थापक सागर रेग्मीले गरेका थिए । संस्था भएपनि यस सहकारीमा तुलसीपुर क्षेत्रमा रहेका युवाहरुले १० हजार रुपैया देखि एक लाख रुपैया सम्म पैसा उठाएर शेयर सदस्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस