स्थिति भयावह हुने भएपछि बाँकेमा आइतबारदेखि तीन दिन कर्फ्यु

खबरशाला संवाददाता  |  श्रावण १५, २०७७

तुलसीपुर । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरीएको छ। बिहीबार बसेको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले आइतबारदेखि तिनदिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए।

लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आइतबारदेखि निषेधाज्ञा लगाउनुपर्ने अवस्था आएको कुरुम्वाङले बताए।  

आज बाँकेमा राजश्व कार्यालय नेपालगन्जका ११ जना कर्मचारीसहित नेपालगन्जका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणको दर बढ्न थालेपछि बाँके प्रशासनले कडा कदम चाल्न बाध्य भएको कुरुम्वाङले बताए।

प्रतिक्रिया दिनुहोस