प्रहरीको सक्रियतामा पुरिए सडकमा खाल्डा
![](http://khabarshala.com/wp-content/uploads/2020/07/116693182_1629102310597528_4066598036434012290_n.jpg)
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ गोठीखोला आपसापमा रहेका खाल्डाहरु प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा पुरिएको छ । अस्थायी प्रहरी चौकी गोठीखोला र अस्थायी ट्राफिक प्रहरी पोष्ट गोठीखोलाको सक्रियतामा यस्तो काम भएको हो । लामो समयसम्म सडकमा खाल्डोपर्दा पनि जिम्मेवार निकायले ध्यान दिन नसकेको भन्दै ट्राफिक प्रहरीको सक्रियतामा यस्ता खाल्डा पुरिएको हो । ट्राफिक जवान डिल्लीराज आचार्यका अनुसार स्थानीय जनताको सहयोगमा खाल्डा पुरिएको हो ।
![](http://khabarshala.com/wp-content/uploads/2020/07/116710595_206733780777181_735889219926235332_n.jpg)
राप्ती राजमार्ग अन्तर्गत रहेको उक्त सडक सडक विभागले निर्माण गर्नुपर्ने जिम्मेवारी भएपनि लामो समयदेखि वास्ता गरिएको थिएन । मुख्य सडकमा भएको खाल्डोले दुर्घटना निम्त्याउन सक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता देखाएको प्रहरी हवल्दार टेकवहादुर कुसारीले भने ।
प्रतिक्रिया दिनुहोस