शिक्षामा कोभिडले सिर्जना गरेको अवसर

चक्र भण्डारी  |  श्रावण १३, २०७७

हरेक समस्या, अफ्ठेराहरु, चुनौतीका बीचमा अवसरको सुन्दरता  लुकेको हुनेरहेछ। समृद्ब नेपाल, सुखी नेपाली नारा साकार वनाउनका लागि  नियमित  सरकारका प्रयत्नहरु चलिरहेका थिए । विभिन्न  उद्योग, कलकारखाना, आयोजना परियोजना, शिक्षण संस्थाहरु,  विश्वविद्यालयहरु पनि आफ्नै गति र तालिकामा चलिरहेका थिए ।

समय थियो  डिसेम्वर अन्त्यतिर २०१९,  एकाएक चीनबाट फैलिएको कोरोना भाइरस  अर्थात नोवल कोरना (कोभिड १९) केहि समयमै विश्वभर नै फैलियो र विश्वभरका सम्पूर्ण देशलाइ आश्चार्य  चकित वनाउदै थिलोमिलो  बनाउन सफल यस भाइरसले  यो आलेख तयार पार्दा सम्म करिव १ करोडभन्दा वढी मानिसलाइ  सक्रमित  वनायो भने करिव ६ लाख भन्दा बढीको ज्यान समेत लिइसकेको छ।

यसले नत ज्येष्ठ नागरीक भन्यो नत यसले युवालाई नै छोड्यो, यसले पुरुष महिला,  धनी गरिव, सानो ठुलो, साक्षर निरक्षर बिचमा कुनै विभेद नगरी अपाङ्ग असक्त समेतलाइ प्रभावित गरायो। मै हुँ भन्ने संसारका शक्तिशाली देशले समेत घुँडा टेक्न बाध्य भए ।

सबैभन्दा वढी प्रभावित र अस्तव्यस्त भएको क्षेत्र हो  शिक्षा क्षेत्र,नेपालमा करिब ३५ हजार विद्यालय, १५ सयको हाराहारीमा रहेका कलेज, १५  वटा विश्वविद्यालय (प्रतिष्ठान समेत गरि)  का सम्पूर्ण प्राध्यापक शिक्षक विद्यार्थीदेखि कलिला नमुना कोपीला नानी बाबुलाइ  प्रत्यक्ष प्रभावित परेको छ।

               विश्व वजारमा  विकास र अर्थतन्त्रमा शत्तिशाली कहलिएका देश र आविस्कार समेतलाइ चुनौति दिदै उठ्न समय लाग्ने गरि दलदलमा भासिइदियो । कतिले यस विषम परिस्थीतिलाइ सहि ब्यवस्थापन गर्न नसक्दा सरकारबाटै वाहिरिनु पर्यो। विकसितदेखि अल्पविकसित देश समेतलाइ  प्रत्यक्ष प्रभाव पारेकाले  नेपाल पनि अछुतो रहेन । ‍नेपालका उद्योग, कलकारखाना, ब्यापार, शिक्षणसंस्था, विश्विविद्यालय सम्पूर्ण क्षेत्रलाइ यस भाइरसले बाँकी राखेन।

त्यसमध्येकै सबैभन्दा वढी प्रभावित र अस्तव्यस्त भएको क्षेत्र हो  शिक्षा क्षेत्र ,नेपालमा करिब ३५ हजार विद्यालय, १५ सयको हाराहारीमा रहेका कलेज, १५  वटा विश्वविद्यालय (प्रतिष्ठान समेत गरि)  का सम्पूर्ण प्राध्यापक शिक्षक विद्यार्थीदेखि कलिला नमुना कोपीला नानी बाबुलाइ  प्रत्यक्ष प्रभावित परेको छ। विगत २०७६ चैत्र ११ देखि जारी लकडाउन ले करिब ४ महिना पुरा गरि अन्त्य भएपनि शिक्षण संस्थाहरु अझै  अन्यौल अवस्थामै छन्।

 नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गर्ने  ढुलमूले  नीति निर्देशन तथा निर्देशिकाले शिक्षण संस्थाहरुले कुनै निश्चत गति तथा लयहरु लिन सकेका छैन । एकातिर शिक्षण संस्था वन्द भएको  सयै दिन भइसक्यो उता विद्यार्थीको सिकाइ पूर्ण विष्मरण को स्थितीमा पुगसकेको छ । विद्यालयहरु खोल्ने कुनै टुङ्गो छैन यतिवेलसम्म । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीवाट विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७ जारी गर्यो ।

त्यसमा विभिन्न  वैकल्पिक मोडेलहरु उपयोग गर्न सकिने अवस्थाहरु प्रस्तुत गरियो ।  विद्यार्थीहरुको सिकाईलाई विस्मरण हुन नदिन बैकल्पिक शिक्षाका मोडेलहरु उपयोग गर्न सक्ने, घरघरमा गएर पाठ्यपुस्तक वितरण गर्ने देखि लियर इन्टरनेट पहुँच भएकालाई भर्चुअल कक्षा समेत सञ्चालन गर्न सक्ने समेत उल्लेख गरिएको छ ।

त्यसमध्येको उत्कृष्ट विकल्प टोल टोलमा घुम्ति पढाईलाई शिक्षकले सहि तबरले उपयोग गर्न सकेको खण्डमा  कोभिड १९ बाट प्रभावित विद्यालय, विश्वविद्यालयका प्राध्यापक, शिक्षक अभिभावक, समुदाय, स्थानीय सरकार तथा विद्यार्थीहरु असरबाट पनि केहि अवसर प्राप्त हुने पक्कै देखिन्छ ।

काेभिड चुनाैति अवश्य पनि हाे तर याे अवसर पनि हाे भन्ने हामीले भुल्नु हुँदैन । संसारमा हरेक कुराकाे विकल्प हुन्छ भन्ने कुरालाइ हामीले देखाएका छाै ।

शिक्षालाई रुढिगत भन्नेहरुका लागि शिक्षाको पाठ्यक्रम, शिक्षण पद्धति परिवर्तन गर्न सहज वातावरण सृजना गरेको होइन र ?

जुन प्रकारको आरोप सामुदायिक विद्यालयका शिक्षकहरुले निरन्तर खेप्नु परेको थियो त्यसलाइ चिर्ने अवसर आएको होइन र?

अभिभावकहरु विद्यालयलाइ आफ्नो बच्चालाइ दिने समय सुधार गर्नु पर्ने मौका होइन र ?

शिक्षकहरुले आफुलाइ सक्षम, अव्वल बनाउने समय सापेक्ष सुचना प्रविधि र ज्ञानको क्षेत्रमा अध्यावधिक हुने बाध्य बनाएको होइन र ?

आफनो सेवा क्षेत्रको ज्ञान नभएका भन्ने आरोप लाग्ने अधिकांश शिक्षकहरुलाइ घुम्ति टोल सिकाइको अवस्थाले आफ्नो सेवा क्षेत्रको पहिचान र अभिभावक सँगको सम्बन्ध बलियो बनाउने अवसर जुटाइदिएको त होइन  र ?

प्रायः शिक्षकहरु केवल कक्षा कोठामा सिमित हुने अवस्थालाइ सञ्चार जगतबाट शिक्षण गर्ने अवसर मिलाएको त होइन र?

अभिभावकहरुलाइ पनि आफ्ना बच्चाको पढाइ सँग सँगे घरमै शिक्षक आएर पढाउने र शिक्षकहरुलाइ पनि बच्चाको बास्तविकता बुझ्ने साइत जुराइदिएको त होइन र?

स्थानीय सरकारलाइ पनि विपतको समयमा आफ्नो क्षेत्रमा सुधार गर्दै अन्तरपालिका बिचमा समेत प्रतिश्पर्धाको वातारण सृजना गरेको देखिन्छ । साथै संविधानमा उल्लेखित अधिकार क्षेत्रको उपयोग गर्ने उपयुक्त वातावरण सृजना गरेको देखिन्छ ।

विद्यार्थी जीवनकालमा आफ्नो आमा बाबुको इच्छा अनुसार मोवाइल, टि भीबाट पढ्न र सिकाइलाइ अगाडी लिन सुनौलो अवसर पैदा गरिदिएको त होइन ?

सधै सुन्ने गरेको UK, USA को अनलाइन पढाइ आफैले महसुस गर्ने मौका समेत जुटाइदिएको त होइन र ?

८६ बर्ष पुरानो इतिहास बोकेको इतिहास बोकेको एस एल सी हालको एस ई ई को परीक्षा प्रणालीलाइ सुधार गर्ने सुनौलो अवसर प्रदान गरेको त होइन् कोभिड १९ ले  ?

त्यसैले कोभिड १९ ले गरेको विनास र असर त एकातिर छदै छ त्यस समस्याले जनमानसमा सृजना गरेको सस्कार, पद्धति र प्रक्रिया समेतलाइ सहि तवरले पहिचान र उपयोग भएको खण्डमा कोभिड १९ युगान्तकारी परिवर्तनको कोषे ढुङगाको रुपमा सधै अविस्मरणिय रुपमा आम समुदायमा रहिरहने गरि उपयोग गर्न सके कोभिड १९ शिक्षामा असर नभएर अवसर बन्ने निश्चित थियो ।

प्रतिक्रिया दिनुहोस