जिप्रका दाङ देशभरमै उत्कृष्ट

खबरशाला संवाददाता  |  श्रावण १२, २०७७

तुलसीपुर । आर्थिक वर्ष २०७६।०७७ को वर्षभरको कार्यसम्पादन सम्झौताको मुल्यांकनमा अति उत्कृष्ट अंकका साथ मुलुकभरको स्थानीय प्रशासनभन्दा अब्बल बन्न सफल भएको हो । दाङ प्रशासनले कार्यसम्पादन मुल्यांकनमा ए प्लस ग्रेडमा पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको २०७६।०७७ को कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, दाङ अति उत्कृष्ट ग्रेडमा पर्न सफल भएको हो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय दाङको कार्यसम्पादन उत्कृष्ट बनाउन सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले जिल्ला प्रशासन कार्यालय दाङका सम्पुर्ण कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, अन्य कार्यालयका प्रमुख एवं कर्मचारीहरू र सबै सरोकारवालाहरूको सहयोग र सकारात्मक भुुमिकाको लागि हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस