चाेरीका घटना बढेसँगै तुलसीपुरमा ब्यवसायीले मागे सुरक्षा

खबरशाला संवाददाता  |  श्रावण ११, २०७७

तुलसीपुर । तुलसीपुर क्षेत्रका ब्यबसायिहरुले दिनदिनै चोरीका घटना हुन थालेपछि सुरक्षाको माग गरेका छन् । उनीहरुले बजार क्षेत्रमा तत्काल सिसि क्यामेरा र नगर प्रहरीको व्यवस्था गर्न माग गरेका हुन् ।


आईतबार तुलसीपुर उद्योग बाणिज्य सघंको आयोजना गरेको छलफल कार्यक्रममा कोभिड १९ को ब्यबस्थापन र अपनाउनुपर्ने सतर्कता ,आउदै गरेका चाडपर्बहरुमा सुरक्षा योजना बिषयक छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले बजारमा तत्काल सिसि क्यामरा जडान गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।


उनीहरुले बजारलाई ब्यबस्थित गर्न नगर प्रहरी र रात्रिकालिन चौकिदारको उचित ब्यबस्थापनका लागि पनि सुझाव दिएका थिए ।


तुलसीपुर उद्योग बाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख माया आचार्यले सबैसगंको सहकार्यमा आफुहरु अगाडि बढिरहेको वताइन् ।

उनलेले बजार क्षेत्रमा सिसि क्यामरा जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब बिलम्ब नहुने प्रतिबद्दता समेत व्यक्त गरिन् ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि शिब बहादुर सिंहले बजारमा फाटफुट रुपमा भएका चोरीका घटनाहरुलाई प्रहरीले गम्भिरतापुर्वक अनुसन्धान गरेर चोरहरु पक्राउ गरिसकेको भन्दै पिडित पक्षबाट जाहेरी दिन नमान्दा घटनाहरु बारम्बार दोहोरिएको वताए ।


कार्यक्रममा सशस्त्र प्रहरी बेश क्याम्पका प्रमुख टेकराज पोख्रेल , ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडम्मर पाल, सल्लाहकार नारायण प्रसाद खनाल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,उपाध्यक्ष ललितजगं शाह ,प्रेस सल्लाहकार शरद रेग्मी, व्यवसायीहरु नरेश राजभण्डारी,जनक रावत,संगित बस्याल,बसन्त खड्गी, तिर्थ डाँगी ,बैजनाथ यादव लगायतले आआफ्नो धारणा राखेका थिए ।


कार्यक्रमको सहजिकरण महासचिब रुपबहादुर खत्रीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस