अब दाङमा सुविधायुक्त लायन्स चाेक

श्रावण ०, २०७७

तुलसीपुर । घोराही-तुलसीपुर क्षेत्रमा लायन्स चोक स्थापना हुने भएको छ । बिगत दुई दशकदेखि जिल्लामा निरन्तररुपमा सक्रिय रहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले पहिलो पटक आफ्नो पहिचानसहितको प्रतिक्षालय निर्माण गर्न लागेको एरिया नं. ५ का संयोजक युवराज थपलियाले बताए ।

स्थानीय निकायसँगको सहकार्यमा जिल्लाका बिभिन्न स्थानहरुमा सुविधायुक्त चोक स्थापना गर्ने तयारीमा रहेको संयोजक थपलियाले बताए ।

बिहीबार घोराहीमा बसेको बैठकले स्थानको छनोट र विभिन्न सरोकारवालाहरुसँगको समन्वय गर्न निबर्तमान अध्यक्ष लब अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ । सदस्यहरुमा जिल्लाका सबै लायन्स क्लबहरुका अध्यक्षहरुलाई चयन गरिएको छ ।

त्यसैगरेर बैठकले एरियाका कार्यक्रमहरुलाई ब्यबस्थित गर्न भरतराज देबकोटालाई सचेतकको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै एरिया नं. ५ को मिडिया संयोजकमा रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीलाई चयन गरिएको एरिया नं. ५ कि सचिव सरस्वती सुवेदीले बताइन् ।

प्रतिक्रिया दिनुहोस