मूल्य बढाएर सामान किन्दा अख्तियारकाे फन्दामा

श्रावण ०८, २०७७

नेपालगञ्ज । बजारमूल्य भन्दा धेरैमा सामान किनेर कमिसन लिन खाेज्दा एक कर्मचारी प्रहरीकाे फन्दामा परेका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एक जना कर्मचारी सामान किनेकाे घुस लिंदा लिंदै रंगेहात पक्राउ परेका छन् ।भेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणकुमार खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैया नगद सहित पक्राउ परेका हुन् ।

सामान किनेको कमिसन लिने क्रममा खनाललाई अख्तियार अनुसन्धान आयोग नेपालगञ्जले पक्राउ गरेको अख्तियार अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस