प्रदेश ५ मा आपतकालिन स्वास्थ्य सेवाका लागि हेल्पलाइन

श्रावण ०८, २०७७

प्रदेश ५ सरकारले स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा संचालन गरेको हो । प्राकृतीक तथा गैर प्राकृतिक प्रकोपको क्षती न्यूनिकरण गर्दे नागरिकको जिउ धनको संरक्षण गर्नका लागि निःशुल्क हेल्पलाईन सेवा शुरु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सेवाको मंगलवार सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालले शुभारम्भ गर्दै हेल्पलाईन सेवाले आपतकालिन स्वास्थ्य सेवा तथा सामाजिक परामर्स स्वास्थ्य सम्वन्धी अध्यावधिक सूचना जानकारी लिन नागरिकलाई सहजता ल्याउने बताए ।

सेवाको मंगलवार सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालले शुभारम्भ गर्दै हेल्पलाईन सेवाले आपतकालिन स्वास्थ्य सेवा तथा सामाजिक परामर्स स्वास्थ्य सम्वन्धी अध्यावधिक सूचना जानकारी लिन नागरिकलाई सहजता ल्याउने बताए । उनले प्रदेशमा कोभिड –१९ को प्रभाव कम हुदै गएको दाबी गर्दै परिक्षण समुदाय स्तरमा शुरु गरिएको बताए । मन्त्री बरालले हेल्पलाईन सेवा प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

मन्त्रालय र स्वास्थ्यको लागि सक्षम प्रणाली आयोजना सहकार्यमा सुरु गरिएको हेल्पलाईनमा कोभिड १९ सम्वन्धी जानकारी तथा परामर्स सेवा दिईने अनिल भट्टराईले जानकारी दिए । हेल्पलाईन सेवा विहान ७ वजे देखी साझ ७ बजेसम्म दिनको १२ घण्टा संचालन हुने छ । राती ७ वजेदेखि विहान ७ वजे सम्म फोन कललाई रेकर्ड गर्ने संयन्त्रको व्यवस्था मिलाईएको मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेले बताए ।

fकोभिड १९ सम्वन्धी परामर्स लगायत अन्य स्वास्थ्य आपतकालिन सेवाको लागि ११८७ वा १६६०७१५२१३० मा फोन सम्पर्क गर्न सकिनेछ । जुन नम्वरमा फोन गर्दा पैसा लाग्दैन । मन्त्रालयका अनुसार हेल्पलाईन सेवा अन्तर्गत प्रदेश भित्र एसएमएस सर्भिस र आपतकालिन उद्धारको लागि जिपिएस लोकेशन ट्किङ प्रणालीको लागि आवश्यक प्रकृया अघि बढाईएको र यथाशिघ्र सेवा संचालनमा ल्याईनेछ ।

प्रतिक्रिया दिनुहोस