तुलसीपुरमा इन्धन डिपोको ठेक्का स्वीकृत, ६ महिनाभित्र सञ्चालनमा आउने

श्रावण ०७, २०७७


तुलसीपुर । तुलसीपुरमा उपमहानगरपालिका वडा नम्वर १२ मा रहेकाे टरिगाँउ विमानस्थलमा स्थापना हुने इन्धन डिपोको ठेक्का प्रक्रिया पुरा भएर निर्माण कार्य सुरु हुने भएको छ । लामो समयदेखि इन्धन डिपो स्थापना गर्ने सम्बन्धमा भएका प्रयासहरु पुरा भएर अन्ततः निर्माण प्रक्रिया अगाडि वढ्ने भएको हो ।

मुख्यमन्त्री शंकर पोख्रेलसँगको भेटका क्रममा नेपाल आयल निगमका महाप्रवन्धक सुरेन्द्र पौडेलले यस्तो वताएका हुन् । उनका अनुसार ६ महिनभित्र इन्धन डिपो निर्माण गरिसक्ने सम्झौता रहेको छ ।
तुलसीपुर विमानस्थलमा दैनिक २ वटा उडानसेवा सञ्चालनमा आएको भएपनि इन्धन डिपो नहुँदा यहाँका यात्रुहरुले चर्को भाडा तिर्दै आएका थिए ।

इन्धनको अभावमा पूर्ण क्षमताको यात्रु बोक्न नसक्दा भाडा वढाउनुपरेको नेपाल वायुसेवा निगमले वताएको थियो ।


इन्धन डिपो स्थापनाको पहल पुरा भएकोमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस