साउन ८ देखि सार्वजनिक यातायात सञ्चालन हुने

श्रावण ०६, २०७७

सरकारसँगको सहमति अनुसार बिहीबारदेखि सार्वजनिक यातायात चल्ने भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार तिनकुनेमा संयुक्त पत्रकार सम्मेलन गरेर देशैभर सार्वजनिक यातायात सञ्चालनको घोषणा गरेका हुन्। 

सरकार र यातायात व्यवसायीबीच मजदुरको कारोना बीमा गर्ने सहमति जुटेपछि गाडी खुल्न लागेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यका अनुसार सरकार र यातायात व्यवासीयले मजुदरको कोरोना बीमाका लागि  ५०-५० प्रतिशत प्रिमियम तिर्नेछन्।   

सरकारले गत असार २३ गते नै छोटो दुरीका सार्वजनिक यातायात चलाउने निर्णय गरेपनि व्यवसायीहरुले मानेका थिएनन्। यद्यपि काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा केही व्यवसायीहरुले गाडी चलाइरहेका छन्। 

प्रतिक्रिया दिनुहोस