विपदमा तुलसीपुरको सतर्कता, समस्या भए यी नम्बरमा फोन गर्नुहोस्

श्रावण ०६, २०७७

कुनै पनि ठाउँमा विपद्को जोखिम आएको विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने ९८५७८२१०९१, नगर प्रमुख सचिवालय ९८५७८२३८८५, विपद् शाखा प्रमुख भिमप्रकाश खत्री ९८४१४७१०३६, सूचना अधिकारी बाबुराम न्यौपाने ९८५७८२५३०७ र टोल फ्रि नम्वर १६६०८२५२००० मा सम्पर्क गर्न सकिने उपमहानगरपालिका विपद् शाखाले जनाएको छ ।


तुलसीपुर । भारी वर्षासँगै आउँन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर तुलसीपुर उपमहानगरपालिकाले सतर्कता अपनाएको छ । विपद् व्वस्थापन समितिका संयोजक नवराज लामिछानेका अनुसार बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरेर सम्बन्धित सबैलाई सचेत वनाइएको छ । ‘बाढी आइसकेको अवस्थामा के गर्ने भन्ने बारेमा हामीले सबै तयारी गरेका छौ’ उनले भने ।


बाढीको सम्भावित जोखिममा भएका मानिसहरुलाई तत्काल सुरक्षित स्थानमा जानका लागि समेत उनले अनुरोध गरे । ‘कसैलाई सुरक्षित स्थान उपलब्ध नभएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ’ उनले भने । विपद्को जोखिममा परेकालाई कहाँ राख्ने भन्नका लागि हामीले केही सुरक्षित स्थानको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
उपमहानगरपालिकाले विपद् व्यवस्थापनका लागि १९ वटै वडामा विपद् व्यवस्थापन समिति वनाएको समेत उनले बताए । ‘वडाध्यक्षको संयोजकत्वमा समिति पनि छ र विपद् सम्वन्धि बजेट पनि छ यसकारण धेरै समस्या वडाबाटै समाधान हुन्छ’ संयोजक लामिछानेले वताए ।
उनका अनुसार उपमहानगरपालिकामा विभिन्न क्षेत्रमा विपद् जोखिम नक्सांकन समेत गरिएको भन्दै तत्काल उद्दारका लागि प्रहरी र आर्मीलाई पनि परिचालन गर्न सकिने गरी काम नगाडि वढेको छ । पानीले कुलोको बाँध भत्काएको, केही घरभित्र पसेको लगायतका समस्या आएको र त्यस्ता समस्याको तत्काल समाधान गरिएको पनि उनले जानकारी दिए ।


कुनै पनि ठाउँमा विपद्को जोखिम आएको विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने ९८५७८२१०९१, नगर प्रमुख सचिवालय ९८५७८२३८८५, विपद् शाखा प्रमुख भिमप्रकाश खत्री ९८४१४७१०३६, सूचना अधिकारी बाबुराम न्यौपाने ९८५७८२५३०७ र टोल फ्रि नम्वर १६६०८२५२००० मा सम्पर्क गर्न सकिने उपमहानगरपालिका विपद् शाखाले जनाएको छ । शाखाका अनुसार सम्वन्धित वडाध्यक्ष या जनप्रतिनिधिलाई पनि सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस