भदौ १ बाट आन्तरिक तथा बाह्य उडान सुरु हुने

श्रावण ०५, २०७७  |  ८३३ पटक पढिएको

काठमाडौं- सरकारले भदौ १ बाट हवाई सेवा संचालन गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ बाट आन्तरिक र बाह्य दुवै उडान सेवालाई खुला गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेबाट आन्तरिक र भदौ १ बाट बाह्य उडान सेवा सुरु गर्ने प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले सो प्रस्ताव संशोधन गर्दै भदौ १ बाट दुवै सेवा संचालन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस