अबदेखि दाङमा राती ९ बजेसम्म बजार खुल्ने

श्रावण ०५, २०७७

तुलसीपुर । साँझ ५ बजेसम्म खुल्ला रहने दाङका बजार राती ९ बजेसम्म खुल्ने भएका छन् । कोरोना भाइरसको जोखिम कम हुँदै गएको भन्दै जिल्ला कोरोना रोकथाम तथा व्यवस्थापन समितिले साँझ ५ बजेपछि पनि पसल खोल्न दिने निर्णय गरेको हो ।

साँझ ५ बजेपछि अन्य पसल खोल्न पाइने भएपनि होटेल, रेष्टुरेन्ट, सैलुनलगायत सरकारले खोल्नका लागि अनुमति नदिएका व्यवसाय खोल्न नपाईने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘सरकारले अहिले जुन जुन व्यवसाय खोल्न अनुमति दिएको छ ती सवै खुल्छन, अनुमति नदिइएका पेशा व्यवसाय खोल्न अझै पाइदैन’– प्रजिअ रिजालले भने ।

प्रतिक्रिया दिनुहोस