दाङका ६ सहित देशभर १८६ जनामा काेराेना संक्रमण

श्रावण ०५, २०७७

तुलसीपुर । दाङका ६ सहित नेपालमा आइतबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ६, झापाका ३, इलामका १, मोरङका १, सिराहाका १, सप्तरीका ९, धनुषाका २, पर्साका ४, बाराका ४६ जना रहेका छन्।

काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १, तनहुँका २, स्याङजाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुमका ७, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, कैलालीका १ तथा डोटीका ४० जना संक्रमित थपिएका छन्।

यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १७३ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ८६८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस