पकर्रे सामुदायिक वनमा वृक्षरोपण

श्रावण ०३, २०७७


बिजौरी ।तुलसीपुर उपमहानगरपालिका वडा १९ पकर्रेमा रहेको पकर्रे सामुदायिक वनमा शनिबार वृक्षरोपण गरिएको छ । पकर्रे सामुदायिक वनको खण्ड नम्बर ३मा हात्तीखाल क्षेत्रमा पर्ने खाली स्थानमा मसला,बकाइनो,टिक जातका आठ सय बिरुवा रोपिएको थियो ।

बिजौरी सब डिभिजन वन कार्यालय सहायक वन अधिकृत कमल पुन,फरेस्टर वीरजंग वली, पकर्रे सामुदायिक वनका पूर्व अध्यक्ष गोकर्ण पौडेल, अध्यक्ष लोकबहादुर रोकालगायत ९० जना उपभोक्ताहरुले बिरुवा रोपेका थिए । पकर्रे सामुदायिक वनमा यस अघि हात्तीखाल, उदिने ढुङ्गा, खुरुले डाँडामा समेत वृक्षरोपण भई बिरुवा हुर्किसकेका पकर्रे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर रोकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस