यी बलिउड सिनेमा नेटफ्लिक्समा रिलिज हुँदैछन्

श्रावण ०३, २०७७

एजेन्सी । नेटफ्लिक्सले बलिउडका १३ ठूला चलचित्र रिलिज गर्ने घोषणा गरेको छ ।

कोरोना महामारीका कारण हलहरू खुल्ने अनिश्चत भएपछि बलिउडका चलचित्रहरू अनलाइनमा रिलिज गर्ने तयारी थालिएको हो । आउने महिनामै बलिउडका १३ ठूला चलचित्र नेटफ्लिक्समा रिलिज हुने भएका हुन् ।
ड्रामा, कमेडी, हरर तथा रोमान्स जनराका चलचित्रहरू नेटफ्लिक्समा रिलिज हुने भारतीय भीपी कन्टेन्ट सहजकर्ता मोनिका शेरगिलले बताएकी छिन् । लकडाउनपछि नेटफ्लिक्स प्रयोक्ता उल्लेख्य बढेका छन् । “लकडाउनसँगै नेटफ्लिक्समा दर्शकको संख्या पनि बढेको छ,” उनले भनिन्, “यति मात्रै नभई पछिल्लो समय नयाँ विषय र जनरातर्फ दर्शकको आकर्षण बढेको छ ।”
नेटफ्लिक्समा रिलिज हुन लागेका १३ चलचित्र यस्ता छन् :

लुडो 
कमेडी जनराको ‘लुडो’ चार व्यक्तिको जीवन कथा हो, जुन जीवनको एक मोडमा ठोकिन्छन् । चलचित्रमा अभिषेक बच्चन, राजकुमार राव, आदित्य राव कपुर, फातिमा सना सेखलगायत कलाकारको महत्त्वपूर्ण अभिनय देख्न सकिन्छ ।

गुञ्जन सक्सेना : द कारगिल गर्ल
यो वायुसेना पाइलट गुञ्जन सक्सेनाको सत्य कथामा आधारित चलचित्र हो । यसमा अभिनेत्री जाह्न्वी कपुर मुख्य भूमिका देख्न पाइन्छ । साथै पंकज त्रिपाठीको अभिनय पनि देख्न सकिन्छ । 

त्रिभंगा : टेढी मेढी क्रेजी
‘डिसफंकसनल’ परिवारमा आधारित यो चलचित्रमा काजोल, तन्वी अज्मी र मिथिला पालकरको मुख्य भूमिका छ । 

तोरबाज
परिवर्तनबारे भावनात्मक कथा रहेको ‘तोरबाज’ मा अभिनेता सञ्जय दत्तको मुख्य भूमिका छ । 

रात अकेली है
क्राइम थ्रिलर चलचित्र ‘रात अकेली हे’ मा राधिका आप्ते, नवाजुद्दिन सिद्दिकी, आदित्य श्रीवास्तव, तिग्मन्शु धुलिया, निशान्त दहिया र स्वेता त्रिपाठी छन् । 

गिन्नी वेड्स सन्नी
रोमान्टिक कमेडी ‘गिन्नी वेड्स सन्नी’ मा यामी गौतम र विक्रान्त मस्से मुख्य भुमिकामा छन् ।

डोली किट्टी और वो चमक्ते सितारे
यो दिदी–बहिनी र उनीहरूको स्वतन्त्रताको खोजीको बारेमा चलिरहेको नाटकमा आधारित छ । यसमा कोंकोना सेन्श्मा र भूमि पेडनेकर प्रमुख छन् ।

कल कि खुसी
यो पन्जाबको एक गाउँको हरर कथामा आधारित छ । चलचित्रमा शबाना आजमी, सत्यदीप मिश्र, सन्जिदा शेख र रिभा अरोराको अभिनय छ । 

सिरियस म्यान
उपन्यास ‘सेम नेम’ मा आधारित यस चलचित्रमा नवाजुद्दिन सिद्दकी नासार र स्वेता बासु प्रसादको अभिनय छ । 

क्लास अफ ८३
बबी देवल र अन्नुप सोनी अभिनित यो चलचित्र प्रहरीको कथामा आधारित छ । 

एके भर्सस एके
डार्क कमेडी जनराको यस चलचित्रमा अनिल कपुर र अनुराग कश्यपको अभिनय  छ । 

अ स्विटेबल बोय
विक्रम सेठको उपन्यास ‘अ स्विटेबल बोय’ मा आधारित अत्याधिक–प्रत्याशित यस सिरिजलाई मीरा नैरले एक्सन कटमा उतारेकी हुन् । जसमा इशान खत्तर, तब्बु तान्या मणिक्टला, रसिका डुगल, शहाना गोस्वामी र राम कपुरको अभिनय देख्न सकिन्छ । 

मिसम्याच्ड
युवा वयस्क रोमान्समा आधारित यस सिरिजमा प्रजक्ता कोली र रोहित सर्फ मुख्य भूमिकामा छन् । यो सन्ध्या मेनोनको किताब ‘ह्वेन डिम्पल मेट रिसी’ मा आधारित छ ।

प्रतिक्रिया दिनुहोस