प्रहरीले नष्ट गर्यो गाँजाका बोट

असार ३१, २०७७

दंगीशरण । दंगीशरण गाउँपालिकामा उम्रिएका गाँजाका बोटहरु प्रहरी र जनप्रतिनिधिको सक्रियतामा नष्ट गरिएको छ ।

दंगीशरण गाउँपालिका वडा नं. ३ चितानपुर दिलबहादुर गिरीको जग्गामा उम्रिएका गाँजा नष्ट गरिएको हो ।

ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापाको नेतृत्वमा गएको टोलीले करीव १ कट्ठा जग्गामा उम्रिएका गाँजा नष्ट गरेको हो । गाँजा फडानी पछि ट्याक्टरमा लोड गरेर बबई नदिमा बगाएर नष्ट गरिएको हो ।

जनप्रतिनिधि दिलकुमारी विक, हिरा चौधरी, प्रहरी टिका थापा, स्थानीय यूवालगायतको सहभागितामा गाँजाको बोटहरु नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस