दृष्टिविहिनलाई शैक्षिक सामग्री वितरण

असार ३०, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। गुरुजजुर मावि रक्षाचौरमा अध्ययनरत विद्यार्थीहरुलाई पढाइमा सहज होस् भन्नका लागि विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो ।

महिला तथा बालबालिका शाखाको समन्वयमा भएको कार्यक्रममा व्रेलकपि, स्लेट र स्टाइलस वितरण गरिएको शाखा प्रमुख विष्णु आचार्यले जानकारी दिइन् ।


कार्यक्रममा सामग्री वितरण गर्दै उपप्रमुख माया शर्माले अपाङ्गता भएका व्यक्तिहरुको पठनपाठनमा समस्या नहोस् भन्नका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको वताइन् । “हरेक व्यक्तिको पढ्न पाउँने अधिकारको रक्षा गर्नु हामी सबैको दायित्व हो” उपप्रमुख शर्माले वताइन् ।

उनले अपाङ्गताले क्षमतालाई रोक्न नसक्ने वताउँदै मनोबल उच्च वनाउन विद्यार्थीहरुलाई आग्रह गरिन् ।


कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक विष्णु केसीले विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिइन् । सो अबसरमा कानुन अधिकृत आँचल बगाले, विद्यालयका सहप्रधानाध्यापक प्रमोद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस