रुखको हाँगाले लागेर माेटरसाइकल चालककाे मृत्यु

असार ३०, २०७७


तुलसीपुर । मोटरसाईकल चलाउने क्रममा अचानक रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ ।
लहलौराबाट तुलसीपुर आउने क्रममा मोटरसाइकल चलाइरहेको बेला अचानक रुखको हाँगा भाँचिएर मोटरसाइकल चालक २३ वर्षिय तुलसी चौधरीको मृत्यु भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिहले जानकारी दिए ।

लहलौराबाट तलसीपुर तर्फ जाँदै गरेको रा २ प८८० नम्बरको मोटरसाईक चालक चौधरीको टाउकोमा बिहान पौने ८ बजे एक्कासी रुखको हाँगा भाँच्चिएर लागेको थियो ।

सडकमा गुडिरहेको मोटरसाईकल माथि रुखको हाँगा भाच्चिएर लाग्दा घाईते भएका चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस