घोराहीमा पोस्टमार्टम नहुँदा तुलसीपुरमा लास ब्यवस्थापनकाे समस्या

असार २७, २०७७


तुलसीपुर । केही दिन अगाडी घोराहीमा एकजना वेवारिसे शव मृत अवस्थामा फेला पर्यो । जनप्रतिनिधि र प्रशासनको सहयोगमा पोष्टमार्टम पश्चात लासको अन्तिम संस्कार गर्नका लागि तयारी समेत गरियो ।

तर विडम्वना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लासको पोष्टमार्टम नै गर्न मानेन रातारात लास तुलसीपुर ल्याइयाे ।तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टका लागि ल्याइएको लासलाई यही नै अन्तिम संस्कार गर्ने कुरा उठ्यो ।


कहाँ र कसरी अन्तिम संस्कार गर्ने भन्ने कुराका बारेमा इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिववहादुर सिंहलाई जिम्मा दिइयो । उनले अनेक उपाय खोजे । ‘कोरोना संक्रमण नभएको लासलाई पनि अन्तिम संस्कार गर्नका लािग कसैले पनि ठाउँ दिएका छैनन’ उनले भने ।


कसैले पनि जिम्मेवारी लिन नमानेपछि त्यसको अन्तिम संस्कारका तुलसीपुरमै तयारी गर्न थालेको ३ दिन वितिसक्यो । लास के गर्ने भन्ने अझै पनि कुनै निष्कर्श निस्कन नसकेको डिएसपी सिंह वताउँछन् ।


यसभन्दा अगाडि आफन्त दाङ्गमा कोही पनि नभएकी फेसबुक लाइभ मार्फत आत्महत्या गरेकी युवतीको लास व्यवस्थापनका लागि पनि कठिनाइ भएपछि आफन्त बोलाएर रोल्पा नै पठाइएको थियो ।


घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्टमार्टम गर्न नमान्दा तुलसीपुरलाई लास व्यवस्थापनको समस्या भएको पनि डिएसपी सिंहले भने । तुलसीपुरमा केही समय अगाडि रोल्पामा एक संक्रमितलाई वडा नम्वर १२ मा गाँडेपछि स्थानीयले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस